पार्टी नेतृत्वलाई खबरदारी गर्दै कलाकार
- सामनाको राष्ट्रिय जागरण अभियान
कृष्ण न्यौपाने
दमौली, २७ माघ
माओवादीमा देखिएको विकृतिबारे पार्टीनिकट कलाकारले टीका–टिप्पणी गर्न थालेका छन् । पार्टीमा रहेका केही नेताहरुको कारण पार्टी सही दिशामा अगाडि बढ्न नसकेको भन्दै उनीहरुले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।
दमौली, २७ माघ
माओवादीमा देखिएको विकृतिबारे पार्टीनिकट कलाकारले टीका–टिप्पणी गर्न थालेका छन् । पार्टीमा रहेका केही नेताहरुको कारण पार्टी सही दिशामा अगाडि बढ्न नसकेको भन्दै उनीहरुले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।
जनसंविधान र दिगो शान्तिका लागि सामना राष्ट्रिय जागरण अभियानमा निस्केको माओवादी निकट एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय टोलीले शुक्रबार दमौलीमा गरेको कार्यक्रममा पार्टीलाई एक ढिक्का भई अगाडि बढ्न सचेत गराएको हो ।
दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा आयोजित कार्यक्रममा कलाकारहरुले माओवादीमा देखा परेका वैचारिक धार तथा जनयुद्धका घाइतेलाई गरिएको वेवास्ता तथा बेपत्ता परिवारका बेथालाई नाटक मार्फत् प्रस्तुत गरेका थिए ।
एउटा सुन्दर लक्ष्यमा पुग्नको लागि गरिएको महान क्रान्ति र माओवादीको पछिल्ला केही क्रियाकलापहरुले साँच्चिकै माओवादीले केही हदसम्म बाटो बिराएको नाटक मार्फत् प्रस्तुत गरिएको थियो । माओवादीको बलियो एकताले मात्र शोÈित पीडित जनताको मुक्ति सम्भव हुने नाटकमा चित्रण गरिएको थियो ।
कार्यक्रम अवधिभर आकर्Èक शैलीमा प्रस्तुत भएका सञ्चालक माइला लामाको जीवन्त अभिव्यक्ति कलाले धेरैलाई प्रभावित बनायो । करिब ३ घण्टाको अवधिमा सामनाले दर्शकको मन जित्न सफल भएको थियो । सामाना राष्ट्रिय जागरणको शिलशिलामा देशका विभिन्न जिल्ला भ्रमणपछि शुक्रबार तनहुँको दमौली आइपुगेको कलाकारको टोलीले जनवादी गीत र नृत्य समेत प्रस्तुत गरेका थिए ।
एकीकृत नेकपा माओवादी तनहुँको व्यवस्थापनमा भएको कार्यक्रममा माइला लामा, झङ्कार मगर, सुबोध गौतम, खुशीराम काफ्ले लगायतका कलाकारहरुको प्रस्तुती रहेको माओवादी सचिवालय सदस्य एवं नगर इन्चार्ज अतिन्द्रकेशरी न्यौपानेले बताए । करिब ७ सय दर्शकले कार्यक्रमको अवलोकन गरेको उनले बताए ।
0 comments
Write Down Your Responses