आगलागीबाट २ लाख बराबरको क्षति


इ तनहुँ संवाददाता
तनहुँ, माघ ८
जिल्लाको विकट कोटा गाउँ विकास समिति–७ बागानगैह्रा बस्ने हस्तमान थापाको घरमा शुक्रबार बेलुकी आगलागी हु“दा करिब २ लाख १५ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ । 
बच्चाले आगो खेलाउने क्रममा हस्तमानको घरमा अचानक आगलागी हुँदा घरमा रहेको एक तोला सुन, नगद, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागीबाट घर, धन्सार र गोठमा समेत क्षति पुगेको स्थानीयवासिन्दाले बताएका छन् । 
१५ जनाको संख्यामा रहेको पीडित हस्तमान थापाको परिवार अहिले छिमेकी मित्रलाल थापाको घरमा आश्रय लिएर बस्दै आएका छन् । अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएपछि छिमेकीहरुसँग राहत स्वरुप आर्थिक सहयोग संकलन गर्ने कार्य भइरहेको खड्क आलेले जानकारी दिए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses