६ महिनापछि फेला पर्यो हराएको मोटरसाइकल


इ तनहुँ संवाददाता
तनहुँ, माघ ८
काठमाण्डौ जोरपार्टी–२ निवासी मुकुन्द्रप्रसाद सन्जेलले ६ महिना अघि हराएको मोटरसाइकल आइतबार फेला पारेका छन् । जिल्ला ट्राफिक कार्यालय तनहुँले जिल्लाको आँबुखैरेनीमा फेला पारेको चोरीको मोटर साइकल आइतबार सम्बन्धित मोटरसाइकल धनी सन्जेललाई हस्तान्तरण गरेको छ
गत श्रावण ८ गते काठमाडौं जिल्ला अदालत परिसरबाट हराएको बा.३१ प २०६० नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीले माघ ४ गते आँबुखैरेनीमा नम्बर प्लेट परिर्वतन गरी प्रयोग गरेको अवस्थामा फेला पारेको तनहुँ ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताए । तनहुँका प्रहरी निरीक्षक लेमप्रताप सेनले आइतबार दिउँसो सेन्जेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए ।
४ महिनाको अवधीमा ट्राफिक प्रहरीले जिल्लामा ८ चोरी र एक बिलबुक रिन्यू नभएको मोटर साइकल प्रयोग गरिएको कार्यालयले जनाएको छ । २ मोटरसाइकल सम्बन्धीत धनीलाई हस्तान्तरण गरिएपनि अन्य मोटरसाइकलका धनी सम्पर्कमा नआएको ट्राफिक प्रमुख रेग्मीले बताए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses