वार्षिक समिक्षा बैठक सम्पन्न


इ तनहुँ संवाददाता
तनहुँ, माघ १०

चिल्ड्रेन नेपालको आयोजनामा वार्षिक समिक्षा बैठक मंगलबार दमौलीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय तनहुँका विद्यालय निरीक्षक उद्धवराज कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा चिल्ड्रेन नेपाल पोखराको सहयोगमा संस्था, विद्यालयहरुमा भएका गतिविधि, बालसंरक्षण र सहभागिताका सवालहरुमा संस्था र विद्यालयमा भएका असल प्रयासहरुका बारेमा समिक्षा गरिएको थियो ।
बैठकमा वर्षभरी संस्था र विद्यालयमा सञ्चालन भएका क्रियाकलापको बारेमा विद्यालयका तर्फबाट सन्तोष न्यौपाने, दयाराज कट्टेल, अमृत पन्त र टिकाराम दाहाल र संस्थाका तर्फबाट केशव ढकाल, मिना गुरुङ र याम सारुले प्रस्तुती गरेका थिए । बैठकमा चिल्ड्रेन नेपालका कार्यक्रम व्यवस्थापक शिव शर्मा चापागाईँले विद्यालय र संस्थाले आफू नमूना बन्नको लागि आगामी दिनमा के–के गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।
जिल्ला बालकल्याण समिति तनहुँका कार्यक्रम संयोजक सन्तोष गोदारले केन्द्रीय बालकल्याण समितिका नीति प्रावधानहरु तथा जिल्ला बालकल्याण समिति तनहुँले थालेका प्रयास बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा संस्था र विद्यालयका १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको चिल्ड्रेन नेपालका जिल्ला संयोजक रमेश सुवेदीले सञ्चालन गरेका थिए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses