जिशिअलाई सत्यवतीको स्वागत
इ तनहुँ संवाददाता
दमौली, ८ वैशाख
तनहुँमा जिल्ला शिक्षा अधिकारीको रुपमा सरुवा भई आएका हरिप्रसाद गौतमलाई बिहीबार सत्यवती उच्च माविले विद्यालयमा प्राङ्गणमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सु. जितबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य इन्द्रप्रसाद पौडेलले विद्यालयका गतिविधि बारेमा जानकारी गराउँदै विगत १० वर्षदेखि जिल्लामा अग्रणी रहेको र तीनपटकसम्म एसएलसी परीक्षामा पश्चिमाञ्चल प्रथम भएको बताए ।
जिल्ला शिक्षा अधिकारी गौतमले आफू पनि लामो समयसम्म शिक्षण पेशामा रहेको बताउँदै शिक्षक सधै समयसापेक्ष हुनुपर्ने बताए । कार्यक्रममा विद्यालयका शिक्षक राजेनद्र खनालले स्वागत र कार्यक्रमको रुक्मणि पौडेलले सञ्चालन गरेका थिए ।

0 comments
Write Down Your Responses