घुससहित सडक डिभिजनका कर्मचारी पक्राउ

इ तनहुँ संवाददाता
दमौली, माघ १

    सडक डिभिजन कार्यालय तनहुँमा व्यापक भ्रष्टाचार हुने गरेको रहस्य खुलेको छ । डिभिजनका कर्मचारीहरु काठमाडौंको नागढुंगा नाकाबाट घुस बापत लिएको दुई लाख असी हजार रुंपैया सहित पक्राउ परेपछि त्यस्तो रहस्यको पर्दा फास भएको हो ।
    पक्राउ परेकाहरुले सुरुमा आफनो तलबको रुपैयाँ भएको बाहानाबाजी गरेका थिए । पहिला जे जस्तो अभिनय गरेको भएपनि छानबिनका क्रममा उनीहरुले नै घुस खाएको स्वीकार गर्दै एक चोटीलाई माफी दिन आग्रह गरेका थिए ।
    दमौलीबाट काठमाडौं आउँदै गरेको बा २ च ६८७८ को पजेरोमा सडक डिभिजन कार्यालयका कर्मचारी आउँदै गरेको विशेष सुराकीका आधारमा प्रहरीले डिभिजन कार्यालयका इञ्जिनियरहरु अभिनवदास मुल्मी, अमरेन्द्र कर्ण, यादव ढुंगेल र अपरेटर गौरीबहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई लाख असी हजार रकम फेला परेको थियो । पक्राउ परेकालाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
    यस विषयमा सडक डिभिजन कार्यालय दमौलीका प्रमुख शालिग्राम रेग्मीसँग प्रतिक्रिया लिन खोज्दा उनको मोवाइल नम्बर स्वीच अफ रहेको थियो । तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले कार्यालयमा उजुरी नपरेकोले अख्तियारले नै छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।


1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses