प्रेस चौतारीको अधिवेशन माघ ६ गते


इ तनहुँ संवाददाता
तनहुँ, १ माघ

प्रेस चौतारी तनहुँ शाखाको सातौं अधिवेशन माघ ६ गते शुक्रबार दमौलीमा हुने भएको छ । चौतारीको आइतबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको शाखा अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । अधिवेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ ।
अधिवेशनमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गगन विष्ट, महासचिव विष्णु रिजाल, पश्चिमाञ्चल उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतका चौतारीका केन्द्रीय नेताहरु उपस्थित हुने छन् । अधिवेशन सफल पार्न चौतारीले शाखा अध्यक्ष प्रकाशचन्द्र भट्टराईको संयोजकत्वमा सचिव सुरेन्द्र पौडेल र सदस्य कृष्णचन्द्र न्यौपाने रहेको प्रतिवेदन लेखन समिति, उपाध्यक्ष समुन्द्र पौडेलको संयोजकत्वमा सचिव सुरेन्द्र पौडेल, सदस्यहरु तेजप्रसाद वाग्ले, कृष्णचन्द्र न्यौपाने, सुमनबन्धु भण्डारी, राजकुमार श्रेष्ठ र ऋषिकान्त दुवाडी सदस्य रहेको आर्थिक संकलन उपसमिति र कोषाध्यक्ष रविना ढकालको संयोजकत्वमा सदस्य ऋषिकान्त दुवाडी र सन्तोष श्रेष्ठ सदस्य रहेको अतिथि स्वागत तथा सत्कार उपसमिति गठन समेत गरेको छ । बैठकमा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष प्रेमप्रसाद पौडेल र पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।
यसैबीच अधिवेशनको अवसर पारेर प्रेस चौतारी तनहँु शाखाले स्थापना गरेको गोकुल–अग्निशिखा स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने जिल्लाका तीन महानुभावहरुलाई पनि सम्मान गर्ने भएको छ । प्रतिष्ठानले साहित्य र धार्मिक पर्यटनको क्षेत्रमा जिल्लालाई चिनाउन अमुल्य योगदान दिएकोमा साहित्यकार तथा व्यासका अध्येता काशीनाथ न्यौपाने, महिला तथा बालबालिकाको हिंशा विरुद्ध सक्रिय रुपमा योगदान पु¥याएकोमा मादीगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कला पुन र जातीय विभेद विरुद्धको आन्दोलनमा योगदान पु¥याउने संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष रामलिला सुवर्णकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले उनीहरुलाई कदर पत्र र दोसल्ला सहित सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष त्रिभुवन श्रेष्ठले बताए ।
सम्मानित व्यक्ति छनौट समितिका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रतिष्ठानका अध्यक्ष श्रेष्ठ र सचिव प्रकाशचन्द्र भट्टराईले सम्मान गर्ने महानुभावहरुको नाम छनौट गरेको बताईएको छ । प्रतिष्ठानले यस अघि पनि जिल्लामा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १ दर्जन भन्दा बढि व्यक्तित्वलाई सम्मान गरिसकेको छ ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses