मोटरसाइकल पल्टदा तीन घाइते

इ तनहुँ संवाददाता
तनहुँ, १५ वैशाख
 
     दमौलीदेखि थर्पु जाँदै गरेको मोटरसाइकल बिहीबार जामुने–७ धयरेमा अनियन्त्रित भई पल्टदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेमा बा २० प ९३५४ नम्बरको मोटरसाइकलमा सवार छाङ–३ का २० वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँका २१ वर्षीय वीरेन्द्र थापा र जामुने–१ गुणादीका १९ वर्षीय विमलेश परियार रहेका छन् ।
    श्रेष्ठ र थापाको चरक अस्पताल पोखरा र परियारको सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses