सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ, ७ वैशाख
स्थानीय शासन तथा उत्तरदायी संयन्त्र अन्तर्गत दिगो विकासका लागि बहुउद्देश्यीय प्रतिष्ठान तनहुँले सञ्चालन गरेको स्थानीय निकायद्वारा प्रदान गरिने वस्तु तथा सेवाको समुदायमा आधारित अनुगमन परियोजना अन्तर्गत श्रृङ्गमार्गको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार माझकोट–९ मा सम्पन्न भएको छ ।
स्थानीय उपभोक्ताहरुको गुनासोहरुको सेवा प्रदायकहरुसँग प्रत्यक्ष सवाल जवाफको माध्यमबाट उत्तरदायिपूर्ण जवाफदेहीता सिर्जना गराउने उद्देश्यले उक्त मार्गको सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख सोमराज तिमिल्सिना, इन्जिनियरद्वय सुशील श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, आरएआइडिपीका सामाजिक परामर्शदाता ज्योति केसी, श्रृङ्ग मार्ग उपभोक्ता समितिका अध्यक्ष निलबहादुर थापा, भीमाद देउराली सडकखण्ड उपभोक्ता समितिका अध्यक्ष नरसिं भक्त थापा, निर्माण व्यवसायी सपना थोदुङ्ग जेभिका प्रतिनिधि हरिश श्रेष्ठ, जिल्ला विकास समितिका सूचना अधिकृत राजेन्द्र कार्की लगायतले उपभोक्ताहरुको गुनासो मेटाएका थिए ।
आयोजनाको निर्माकर्ता सपना थोदुङ्ग जेभिका सञ्चालक उपस्थित नभएका कारणले आम उपभोक्ताले उनको नियतमाथि खेद प्रकट गरेका थिए । कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख सोमराज तिमिल्सिनाले नालीको गुणस्तर कायम नभएका ठाउँमा भत्काएर पुनः बनाउन निर्देशन दिएकोले गुणस्तर कायम नगरेको पाइएमा आयोजना सम्पन्नको सिफारिस नगरिने बताए । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजेन्द्रकृष्ण श्रेष्ठ, माओवादी सचिव नारायण लम्साल लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण परियोजना संयोजक सुरेन्द्र पौडेलले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आएका गुनासाहरुलाई आगामी दिनहरुमा सुधार गर्दै लान उपस्थित जवाफदेही वक्ताहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

0 comments
Write Down Your Responses