मुक्तिनाथको नाफा ८ करोड
इ तनहुँ संवाददाता
दमौली, ६ वैशाख
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०६८÷०६९ को ९ महिनामा ७ करोड ९० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले यस अवधिमा २ अर्ब ३९ करोड निक्षेप संकलन तथा २ अर्ब ८ करोड कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी २० करोड रहेको बैंकको तेस्रो त्रैमासिकको समिक्षा गर्दा बैकको वित्तीय तथ्याङ्क अत्यन्तै सन्तोषजनक रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालद्वारा सोमबार जारी विज्ञप्तीमा उल्लेख छ । यस अवधिमा खुद मुनाफा ५ करोड २ लाख रहेकाले बैकको प्रति शेयर आम्दानी ३३ रुपैया रहेको विज्ञप्तीमा जनाइएको छ । हाल बैकको सञ्चित मुनाफा ५ करोड ५५ लाख रहेको छ ।
स्याङजा, कास्की र तनहुँ जिल्लाका ५ नगरपालिका तथा १ सय ३० गाविसका ९० हजार ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा दिन सफल बैंकले आफ्नो कार्यक्षेत्र भित्र करिव ९० प्रतिशत जनसख्यालाई वित्तीय सेवा पु¥याएको छ । आगामी वर्ष भित्र उक्त जिल्लाका प्रत्येक घरधुरीमा बैकिङ सेवा पु¥याउने बैंकले लक्ष्य राखेको छ ।
जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ भन्ने मान्यता अनुसार लघुवित्त सेवा समेत सञ्चालन गरिएकोमा उक्त सेवा नेपाल तथा विदेशी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबाट अवलोकन हँुदै आएको विज्ञप्तीमा भनिएको छ । जसको कारण ग्रामीण तथा विपन्न वर्गमा सेवा विस्तार गर्नको लागि थप उर्जा मिलेको र आगामी दिनहरुमा बैंकले उक्त सेवालाई थप विस्तार गर्ने रणनीति लिएको छ ।

0 comments
Write Down Your Responses