स्ववियु क्रियाशिलताको माग राख्दै ज्ञापन पत्र


डोलराज रानाभाट 
तनहुँ, माघ २४
स्वतन्त्र विद्यार्थी युनियन आदिकवी भानुभक्त बहुमुखी क्याम्पसलाई क्रियाशिल बनाउन माग राख्दै नेपाल विद्यार्थी संघ आदिकवी भानुभक्त क्याम्पस मूल इकाइ समितिले मंगलबार क्याम्पस संचालक समिति र क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । 
निर्वाचित स्वतन्त्र विद्यार्थी यूनियनलाई क्याम्पस प्रशासन र संचालनक समितिले क्रियाशिल नवनाएको भन्दै १ हप्ताभित्र आफ्नो माग सम्वोधन गर्न इकाइ अध्यक्ष बिमल गिरीले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखलाई चेतावनी समेत दिएका छन् । २०६५ चैत्र ६ गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका शुक्र चुमानले स्ववियु सभापतिका लागि उम्मेदबारी दिएका थिए भने नेविसंघका तर्फबाट राजेन्द्रकुमालको नेतृत्वमा उम्मेदबारी परेको थियो । निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको थियो ।
स्ववियुको क्रियाशिलताको सन्दर्भमा पटक पटक शान्तिपूर्ण आन्दोलन गर्दै आए ता पनि क्याम्पसले वास्ता नगरेको र स्ववियुको अस्तीत्व माथि हमाला र प्रहार गर्ने तत्वहरुको पृष्ठपोषण गर्दै आएकाले क्याम्पस प्रसाशनको अस्थिरतावादी सोचले विद्यार्थीलाई आघात तुल्याएको गिरीले बताए । अवको १ हप्ताभित्र आफ्नो माग सुनुवाइ नगरिए क्याम्पसमा तालाबन्दी सहितका थप सशक्त आन्दोलनका कार्यक्रम घोषण गर्ने इकाईले ज्ञापन पत्रमा चेतावनी दिएको छ । 

0 comments

Write Down Your Responses