पानी छोएको निहुँमा दलितमाथी कुटपीट
समुन्द्र पौडेल
तनहुँ पुस १२सार्वजनिक धारामा गैर दलितको गाग्री छोएको भन्दै तनहुँमा एक दलित महिला कुटिएकी छिन् । तनहुँ घासिकुवा-१ नाहालामा डेरामा बस्दै आएकी माया विश्वकर्मालाई स्थानीय अजित श्रेष्ठको परिवारले धारामा गाग्री छोएको निहुँमा आइतबार कुटपीट गरेको हो ।
कुटपीटबाट मरणोसन्न हुने अवस्थामा पुगेकी उनलाई उनको परिवारले कुटपीटको २० घण्टा पछि सोमबार अस्पताल भर्ना गरेको छ । दमौली स्थित रत्नहरी अस्पतालमा उपचार गराउइ रहेकी २७ वर्षिय मायाको कुटपीटबाट देब्रे पाखुरा गर्धन र अनुहारमा चोट लागेको छ । 'छिमेकमा रहेका आफन्तले खबर गरेपछि बल्ल छोरीको घरमा पुगे ।' खैरेनीटार घर भएकी मायाकी आमा भीममाया विश्वकर्माले भनिन, 'अनि २० घण्टापछि बल्ल गाडीमा हालेर उपचारका लागि अस्पताल ल्याए ।'
तनहुँ खैरेनीटार माइत भएकी माया श्रीमान् बैदेसिक रोजगारीका क्रममा कतार गएपछि आफ्ना २ छोरालाई पढाउँदै नाहालामा बस्दै आएकी थिइन् । 'घटनाको बारेमा अहिलेसम्म ज्वाईलाई खबर गरेको छैन् ।' भीममायाले भनिन, 'पानी छोएकै कारण छोरीलाई मर्ने गरी कुटे ।'
'अजितको घर अगाडीको धारामा पानी भर्न गएका थियौ ।' अस्पतालको शैयामा रहेकी मायाले भनिन, 'उनको गाग्री भरिएर पानी पोखिन थालेपछि आफैले गाग्री सारेर आफ्नो गाग्री भरे ।' केहीक्षण पछि धारामा गाग्री लिन आएका अजितले दलित भएर गाग्री छोएको भन्दै कुटपीट गरेको उनले बताइन् । 'अरुलाई समेत बोलाएर कुट्न लगाए ।' उनले भनिन 'उसंगै अजित उनकी छोरी र सालीले समेत कुटपीट गरे ।' पानी छोएकै कारण यसअघि पनि अजितका परिवारले गाग्री फालिदिने गाली गर्ने गरेको उनले बताइन् ।
डेरा आडैको धारामा विहान र बेलुका २/२ घण्टा मात्रै पानी आउने गरेकाले छिमेकका ५ घरमा बसोबास गर्ने ८ घर परिवारले सोही धाराबाट पानी भर्ने गरेको मायाले बताइन् । घाइते मायाको देब्रेहातमा थुपै डाम देखिएको र घाँटी गर्धन र टाउँकोमा बाहिरी चोट नदेखिएपनि भित्रीचोट हुन सक्ने उनको उपचारमा संलग्न डा।रामकुमार श्रेष्ठले बताए । '२४ घण्टासम्म नियमित अनुगमनमा राखेका छौ ।' उनले भने 'भित्री चोट देखिए थप उपचार गर्नुपर्ने हुन्छ ।'
जातीय भेदभाव र विभेदका कानुन बनेपनि कार्यान्वयन नभएका काण दलितहरु अझै पनि समाजमा गैरदलितबाट अपेहना सहन बाध्य भएको नेपाल दलित संघ तनहुँका अध्यक्ष अमृत नेपाली बताए । उनले भने 'कार्यान्वयन फितलो भएकोले कार्यान्वयनलाई जोड नदिएसम्म समाजमा यस्तो भईरहन्छ ।' गाउँघरमा जातीय भेदभावका घटना स्थानीय स्तरमै मिलाएर लुकाउने प्रयास गरिएपनि पछिल्लो समय यस्ता घटनाहरु सार्वजनिक हुने क्रम बढेको उनले बताए ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:28 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन