सभासद् हजारा कुटिए

काठमाडौं, मंसिर २६ - कांग्रेस सभासद् शम्भु हजारा पिटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा डेरा गरि बस्ने सभासद शम्भु हजारा दुसाद पावसवान कुटिएका हुन् । राज्यको शासकीय स्वरुप निर्धारण समितिका सभापति समेत रहेका उनलाई आइतबार राति १२ बजे आफ्नै डेरा अघि अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बानेश्वर शम्भु भगवती मार्ग स्थित शोभा बिश्वकर्माको घरमा डेरा गरि बस्ने पासवानलाई फलामे रडले हानेका थिए । उनले राती नै शान्तीनगर स्थित प्रहरी प्रभागमा आएर उजुरी दिएका थिए । तत्कालै खटिएको प्रहरीले उनलाई पिट्ने समुहको खोजी गरेपनि कसैलाई पक्राउ गर्न सकेन । काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले बाटोमा हिडिरहेका बेला अज्ञात समुहले सभासदलाई पिटेको जानकारी दिए । 'माननियले पिटाइ खाएको भन्दै प्रहरीलाई खबर गर्नुभएको थियो' श्रेष्ठले भने 'खोजी गरिरहेको हो, तर भेटिएन ।'
सभासदलाई प्रहरीले तत्काल उपचारका लागि निजामती अस्पताल मिनभवन लगेको थियो । उनको हातका औला र टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनले समेत मादक पदार्थ सेवन गरेको रिर्पोट अस्पतालले दिएको थियो ।

0 comments

Write Down Your Responses