राष्ट्रपतिकी भतिजीको घरमा डकैती
इ तनहुँ संवाददाता
काठमाडौँ, कात्तिक ३०
राष्ट्रपति रामवरण यादवकी भतिजी रेखा यादवको ललितपुरस्थित गुण कोलोनीमा रहेको घरमा आज एकाबिहानै डकैती भएको छ। हतियारसहित आएका ४-५ जनाको समूहले घरमा काम गर्न बसेका सेनाका जवानलाई बाँधेर ९ लाख रुपैयाँ बराबरको धनमाल लुटी लगेको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरीले घटनाको जानकारी पाए लगत्तै अनुसन्धान थाले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्।
राष्ट्रपति यादव भने हिजोदेखि पूर्वाञ्चल भ्रमणमा छन्।
.png)


0 comments
Write Down Your Responses