'सरकार गलत बाटोमा'
विराटनगर, कार्तिक २३ - पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकारले केही राम्रो गर्ला भन्ने आशा गरिए पनि अहिले आएर आशा विपरीत सरकारले नकारात्मक काम गर्न थालेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले हत्याको आरोप लागेका प्रभु शाहलाई मन्त्री बनाइनु, सर्वोच्चले ज्यान मुद्धामा दोषी ठहर गरेका बालकृष्ण ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिसमक्ष पठाउनु जस्ता क्रियाकलापले सरकार नै कतै मानव अधिकारको विपक्षमा त छैन भन्ने भान पर्न थालेको बताए । अहिलेको सरकार निर्माणको जग नै गलत भएकाले एमाले यो सरकारमा नजाने उनले बताए । 'तर अर्काे बन्ने सरकारमा भने एमाले सहभागी हुने छ,' उनले भने । नेता नेपालले पालोका हिसावले पनि कांग्रेसले आगामी सरकारको नेतृत्व गर्नु पर्ने धारणा ब्यक्त गरे ।
source : ekantipur.com
.png)


0 comments
Write Down Your Responses