“नयाँ पिढि” अर्थात “न्यु जेनेरेशन” दोहा सेनेमामा I
भोला थापा क्षेत्री
दोहा पुस ५ -विगत लामो समय देखि कतार तथा नेपालमा बिभिन्न सांस्कृति कार्यक्रम, टेलिभिजन कार्यक्रम र नेपाली चलचित्र क्षेत्रमा कार्य गर्दै आई रहेका चलचित्र निदेर्शक भबिन्द्र तामाङको “नयाँ पिढि” अर्थात “न्यु जेनेरेशन” यहि आउदो शुक्रबार का दिन दोहा सिनेमा हलमा दिनको २ वजे प्रदर्शन हुने भएको छ ।
नेपालमा पनि ६० भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन गरेका तामाङले यस चलचित्रमा नयाँ पुस्ता र पुराना पुस्ता विचको अन्तर भेदलाई चलचित्रमा उतारेका छन । नेपाली समाज परिवर्तनको संघारमा अहिले पुरानो पुस्ताले नया पुस्तालाई बिस्वास गर्न सकिरहेको छैन भने नयाँ पुस्ता पुरानो सोच बाट निस्कन चाहन्छन् यो कुनै निश्चित क्षेत्र वा वर्गको समस्या होईन प्राय सबै क्षेत्रमा यस्तै छ फरक यति मात्र हो कतै धेरै कतै थोरै यहि सामाजिक
यथार्थलाई अनि पुरानो र नयाँ पुस्ताको पुल बन्ने सपना बोकेर प्रस्तुत गरेको साथै युवा पुस्ताको उन्मुक्त र खुला यौन चाहना देखि आधुनिक प्रविधिको र इन्टरनेटलाई सहि सदुपयोग नगर्दा कसरि बिछोड,वेदना र हत्या,हिंसा निम्त्याउने असहज परिस्थिति र शहरमा अनि बिदेशमा बस्ने युुवाहरुले आफनो कला संस्कृति बिर्सिएको एकातिर छ भने युुवाहरुको खुला सोच र केहि गरेर देखाउने उत्साह र जाँगरलाई पनि समावेश गरेको उनको तर्क छ ।
चलचित्रमा लाखौ नेपाली बिदेश पलायन भए पछी नेपालमा र बिदेशमा बिकृति मौलाउदै छ भन्ने समाचार आईरहेको बेलामा बिदेश र स्वदेशमा बस्ने परिवार बिच कसरि समुुधुुर सम्बन्ध राख्न सकिन्छ भन्ने बारेमा केही जानकारी साथै केहि संदेश र मनोरन्जनको साथमा सकारात्मक सन्देश दिने धारणले उक्त
नेपाली कथानक चलचित्र “नया पिढि” बनाएको पनि निर्देशक तामङले बताएका छन । चलचित्र रसुवाको धुन्चे स्थित तामाङ कला संस्कृति र भौगलिक क्षेत्र लगाएत अन्य नेपालको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको साथै चलचित्रमा , श्रीदेव भट्टराई,अनु शाह, बिक्रम तामाङ,ममता प्रधान,केशव सापकोटा देवकी लामा लगायत कलाकारहरुको प्रस्तुती रहेको छ । चलचित्रको टिकट दर ( क.रि.१५ र २५ तोकिएको छ । चलचित्र हेर्नको लागिसनैयाबाट हल सम्म बसको समेत ब्यवस्था गरिएको निर्देशक तामाङले बताए ।1 comments
Write Down Your Responses
.png)



November 15, 2014 at 8:34 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन